बालुवाटारमै बस्यो मन्त्रिपरिषद् बैठक

A notice in Nepali from Mechinagar Ward No. 10

१२ साउन, काठमाण्डौं : पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बालुवाटारस्थित सरकारी निवासमा राख्ने गरेका थिए । आफ्नो साढे तीन वर्षे कार्यकालमा ओली सिंहदरबारमा बिरलै आए ।

अहिले तिनै ओलीको सिको गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नै निवासमा मन्त्रिपरिषद बैठक राख्ने क्रम सुरु गरेका छन् । मंगलबार मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नबसेर बालुवाटार स्थित प्रधानमन्त्री निवासमै बसेको थियो ।

बालुवाटारमा बसेको बैठकले बालुवाटारबाटै विभिन्न नियुक्तिहरु गरेको छ ।

यसअघि सत्तारुढ पार्टीका बैठकहरू समेत बालुवाटारमा हुने गरेको भन्दै केपी ओलीको आलोचना भएको थियो । देउवाले पनि प्रधानमन्त्री बन्नासाथ काँग्रेस पदाधिकारीको बैठक बालुवाटारमै राखेपछि उनको पनि आलोचना भएको थियो । त्यसपछि देउवाले पार्टीको बैठक बालुवाटारमा नराख्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि नै बताइसकेका छन् ।

पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने भनिए पनि पाँच दलीय गठबन्धनको बैठक भने बालुवाटारमै बस्दै आएको छ ।

साथै मन्त्रिपरिषदको बैठक पनि मंगलबार सिंहदरबारमा नबसेर प्रधानमन्त्रीको निवासमै बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.