लुम्बिनीका ३ सांसद निष्कासन गर्ने जसपाको निर्णय

A notice in Nepali from Mechinagar Ward No. 10

१२ साउन, काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका आफ्ना ३ सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले  प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए।

उनीहरु अहिले लुम्बिनी सरकारका मन्त्री छन्। पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र  कल्पना पाण्डेय उद्योग वन तथा वातावरण मन्त्री छन्।

पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । तर सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेको थियो ।

कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान पनि अनुमोदन गरेको छ। त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

त्यस्तै जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको राईले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.