१७ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार २० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४०२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ संक्रमण देखिएको छ भने ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १२ हजार ६३६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख ९७ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ६१ हजार ९३७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ५६ हजार १९७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।