आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र वितरण थालियो

A notice in Nepali from Mechinagar Ward No. 10

२१ साउन, काठमाण्डौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरिएको जानकारी दिएको छ ।

मन्त्रालयले विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन पोस्ट् रजिस्ट्रेसन गरी माग गरिएका विवरण तथा कागजातहरु अपलोड गरी प्रमाणपत्र लिन सकिन्छ भने अनलाइन पोस्ट् रजिस्ट्रेसन गर्न असमर्थ भएकाहरुले राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा उपस्थित भएर कागजात पेश गरी खोप प्रमाणपत्र लिन आग्रह गरेको छ ।

मन्त्रालयले खोप प्रमाणपत्र लिनका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालै खिचिएको एक प्रति पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपि, खोप कार्डको फोटोकपि जस्ता कागजातहरु पेश गर्नुपर्ने जनाएको छ ।

यसैगरी, ३ दिनभित्र विदेश जानेहरुले भिसा र टिकटको फोटोकपि पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.