२४ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १३७ जनामा संक्रमण देखिएको छ भने ३ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ४११ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १२ हजार ३७८ जनाको कोरोना परीक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख १४ हजार ८७७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ हजार ४७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ६९ हजार २९९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























