एमाले विवादमा राष्ट्रपतिको मध्यस्थता खोजिदैं

संवैधानिक परिधि नाघेर राष्ट्रपतिको सक्रियता

A notice in Nepali from Mechinagar Ward No. 10

२५ साउन, काठमाण्डौं :  एमाले विवाद वारपारको बिन्दुमा पुगेपछि दोस्रो तहका नेताहरूले राष्ट्रपति विद्या भण्डारीलाई पार्टी मिलाउने काममा मध्यस्थताको भूमिका खेल्न आग्रह गरेका छन् । राष्ट्रपति भण्डारीले सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । उपाध्यक्ष भीम रावलले आइतबार राष्ट्रपति भण्डारीलाई भेटेर अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउने काममा मध्यस्थता गर्न आग्रह गरेका हुन् । विगतमा संवैधानिक मर्यादा मिचेको र सत्तारुढ पार्टी नेकपाको आन्तरिक विवादमा हात हालेको भनेर आलोचित राष्ट्रपतिलाई एमाले नेताले आफ्नो पार्टीको विवाद मिलाउन आग्रह गरेका हुन् ।

राष्ट्रपतिसँगको पछिल्लो भेटवार्तापछि रावलले बालकोट पुगेर अध्यक्ष ओलीसँग पनि लामै छलफल गरेका थिए । त्यसलगत्तै उनी साँझ विघटित कार्यदलका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र सुरेन्द्र पाण्डेलगायतसँग पनि छलफलमा बसेका थिए ।  रावलले पार्टी एकताका लागि भइरहेको प्रयासलाई सकारात्मक दिशामा अघि बढाउने सन्देशका लागि आइतबार डाकिएको केन्द्रीय कमिटी बैठक केही दिन पर सार्न ओलीलाई भेटेर आग्रह गरेका थिए । रावलको त्यस्तो आग्रहपछि आइतबार बोलाइएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक ओलीले सोमबारसम्म स्थगन गरेका थिए ।

बैठक स्थगनपछि पनि अध्यक्ष ओली र नेपालबीच 
भेटवार्ता गराउने दोस्रो तहका नेताहरूको प्रयास भने सफल हुन सकेको छैन । अनौपचारिक कुराकानी चलिरहे पनि कुनै ठोस सहमति भने बनिनसकेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । ‘अनौपचारिक कुराकानी त चलिरहेकै छ, तर देखिने प्रगति भइसकेको छैन, बैठक एक दिन मात्र सारेर भएन, आपसी सल्लाह र सहमतिमा दुई–चार दिन सारेर एकता टुंग्याएपछि सहमतिमा बैठक राख्ने हो । २ जेठमा जाने भनेकै त्यही हो,’ पन्तले भने, ‘दुई–तीन दिन त कुराकानी गरेर टुंगोमा पुग्नै समय लाग्ला ।’

वरिष्ठ नेता नेपाललाई अर्को अध्यक्ष मान्न तयार भएका ओली पछिल्ला दिनमा ‘ब्याक’ हटेका छन् । २२ साउनमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट सम्मानजनक एकतालाई प्राथमिकता दिने निर्णय गरेको वरिष्ठ नेता नेपाल पक्षले ओली पक्षले संगठनात्मक गतिविधि नरोकेको भन्दै समानान्तर गतिविधि अगाडि बढाउन सुरु गरेको छ । नेपाल समूहले जनसंगठनका कमिटी, मातहत कमिटीको गठन र भेलालाई पनि नरोक्ने र केही दिनभित्रै ठोस निष्कर्ष नआए सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलगायत कामलाई तीव्रता दिने तयारी गरिरहेको छ ।

नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.