२ भदौ, काठमाडौं : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् ।
प्रदेशसभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।
शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ । सोही कारण पौडेलले राजीनामा दिएका हुन् ।

शाक्यलाई संसदीय दलको नेता चयन गरेर आजै मुख्यमन्त्री घोषणा गर्न लागेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए। अहिले संसदीय दलको बैठक जारी रहेको उनले बताए।
अध्यक्ष केपी शर्मा ओलीको खरो विरोधमा उत्रिएकी शाक्यलाई मुख्यमन्त्री बनाएर ओलीले बागमती प्रदेशमा आफूलाई बलियो बनाएका छन्। शाक्यलाई नियुक्ति गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने तयारी भइरहेको छ।
























