उपभोक्ता ठगेपछि प्राधिकरणले गर्यो एनसेललाई कारबाही

A notice in Nepali from Mechinagar Ward No. 10

४ भदौ, काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले  स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो ।

बिना जानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको रु एक अर्ब ११ करोड २९ लाख ७६ हजार ८४९ बराबरको रकम तीन महिनाभित्र सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फिर्ता पठाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार एनसेलले ग्राहकको मञ्जुरीबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सेवा तथा प्याकहरू अटो रिन्यू (नवीकरण) हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरूसमेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरूले गुनासो गरेका थिए ।

सोही गुनासोका आधारमा प्राधिकरणले एक निरीक्षण समिति बनाएर अध्ययन गरेको थियो । अध्ययनका क्रममा सोही गल्ती गरेको पाइएपछि ग्राहकबाट उठाएको रकम फिर्ता गर्न निर्देशन दिइएको हो ।

गेमलफ्ट नामको भ्यास सेवाअन्तर्गत तीन दिन रिन्यू र साप्ताहिक रिन्यूका प्याकहरू २०७५ असोज १५ गतेदेखि २०७७ सालको जेठ १८ गतेसम्म सो सेवा सञ्चालन गरी रु ११ करोड ३७ लाख ४८ हजार ९८६ बराबर आर्जन गरेको थियो । यस्तै, ह्वावे एप ग्यालरी नामबाट २०७५ असोज १५ गतेदेखि २०७७ साल जेठ १८ गतेसम्म अटो रिन्यू हुने गरी रु ९९ करोड ९२ लाख १८ हजार ८६३ आर्जन गरेको थियो ।

विसं २०७५ असोज १५ गतेको पत्रमार्फत सो कम्पनीबाट सञ्चालित भ्यासअन्तर्गतका सेवाहरू अटो रिन्यू हुने गरेको पाइएको भन्दै प्राधिकरणले सो सेवा तत्काल बन्द गर्न दिइएको निर्देशन किन पालना नगरेको र यसरी प्राधिकरणको निर्देशन पालना नगरेकाले दूरसञ्चार ऐनअनुसार किन कारबाही नगर्ने भनी पुनः २०७८ को असार १७ गते स्पष्टीकरण सोधेको थियो ।

यस्तैगरी प्राधिकरणले अटो रिन्यू उक्त कार्य दूरसञ्चार ऐन २०५३ विपरीत रहेको भन्दै कानुनबमोजिम रु ५० हजार जरिवानासमेत गरेको छ । विसं २०७७ जेठ १८ गतेदेखि हालसम्म प्रत्येक ग्राहकबाट के कति आय आर्जन भएको छ, सोको विवरण १५ दिनभित्र पेस गर्नसमेत निर्देशन दिएको छ ।

साभार: आर्थिकन्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.