दिल्लीबाट खनालले भने- ‘पार्टी पुनर्गठनको विकल्प छैन’

A notice in Nepali from Mechinagar Ward No. 10

४ भदौ,  इलाम : पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । भारतको नयाँदिल्लीमा उपचाररत खनालले इलामका सञ्चारकर्मीहरुसँग अनलाइन संवाद गर्दै दक्षिणपन्थी अवसरवादको चपेटामा नेतृत्वले पार्टीलाई पुर्‍याएकाले क्रन्तिकारी विचारसहित पार्टीलाई अघि बढाउन आग्रह गरे ।

‘एकीकृत पार्टी बनाइसकेका थियौं त्यसलाई वर्तमान नेतृत्वले ध्वस्त पार्‍यो,’ उनले भने, ‘सर्वसम्मत ढंगले संविधानसभाबाट राम्रो संविधान बनाए पनि नेतृत्वले च्यातच्युत पार्‍यो ।’ संसदलाई ध्वस्त पारेर जनमतलाई वर्तमान नेतृत्वले लत्याउन खोजेको आरोपसमेत उनले लगाए ।

अहिलेको नेतृत्वले नेताहरुलाई एकपछि अर्को कारबाही गर्ने र पूर्वाग्रहीरुपमा हेर्ने गरेको उनको भनाइ छ । समाजवादलाई लक्ष्य मानेर पार्टी पुनर्गठनको विकल्प नरहेको बताउँदै उनले पार्टीका सबै नेता कार्यकर्तालाई बिना हिच्किचाहट पहलकदमी लिएर अघि बढ्न आग्रह गरेका छन् ।

‘पार्टीलाई पुनर्गठनको क्रान्तिकारी बाटोमा हिँडाएर नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिँदै दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुको विकल्प छैन,’ उनले भने । सबै नेता कार्यकर्तालाई आह्वान गर्दै कम्युनिस्ट नेता खनालले ३२ सालमा ८ जना मिलेर पार्टी पुनर्गठन गर्न सुरु गरेर यहाँसम्म ल्याएको धारणा राखे । वार्ता र संवादमार्फत सहमतिको ढोका सधैं खुल्ला रहेको बताउँदै दक्षिणपन्थी अवसरवादको अलमलमा परेका सबैलाई एकाताबद्ध भएर अघि बढ्ने समय आएको उनको भनाइ थियो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमार्फत इलाम–१ बाट खनाल निर्वाचित भएका हुन् । ओली नेतृत्वको आलोचक रहँदै आएका खनाल पक्षमा रहेका जिल्लाका कतिपय नेता कार्यकर्ताले उनको भूमिकापछि मात्र सार्वजनिक हुने बताउँदै आएका छन् । खनाल निकट सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने धारणा खनाल समक्ष राखेको बताए । यसअघि नै पार्टीभित्र समानान्तर गतिविधि सुरु गरेको असन्तुष्ट पक्षका कतिपय नेता कार्यकर्ता अहिलेसम्म टुङ्गोमा नपुगिएको बताउँदै आएका छन् ।

पन्ध्र दिनअघि मिर्गौला प्रत्यारोपण गराएका खनालको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार रहेको बताए । खनाल अबको दुई सातामा नेपाल फर्कने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.