पुस मसान्तसम्म तिर्नुपर्ने ऋणको म्याद एक वर्ष थप

A notice in Nepali from Mechinagar Ward No. 10

८ भदौ, काठमाडौं : कोभिड प्रभावित ऋणीहरुले ऋण तिर्नका लागि अतिरिक्त समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गर्न निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो सुविधा दिन निर्देशन दिएको हो ।

यो सुविधा कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय तथा नगद प्रबाह अबरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीले पाउनेछन् ।

‘कोभिड–१९ को असर मूल्याङ्कन गरी त्यस्ता ऋणीहरुले २०७८ पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गरी कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्नेछ’ निर्देशनमा भनिएको छ ।

यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याज समेत नलाग्ने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसैगरी कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको कोभिड–१९ को असर मूल्याङ्कन गरी २०७९ असार मसान्त सम्म पाक्ने ब्याजलाई छुट्टै हिसाब राखी दुई वर्ष सम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकको निर्देशन छ ।

राष्ट्र बैंकका अनुसार यो ऋणमा पनि ब्याजलाई पुँजीकरण गर्न नपाइने र थप हर्जाना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउनु पर्नेछ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञालाई मध्यनजर गरी ऋणीहरुले २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने इएमआई/इक्यूआई वा अन्य साँवा ब्याज निषेधाज्ञाको कारणले भुक्तानी गर्न नसकेको अवस्थामा ऋणीको वित्तीय स्थिति मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.