प्रेरक प्रसंग : झगडाकाे परिणाम

A notice in Nepali from Mechinagar Ward No. 10

एक विहान पूर्ण र अपूर्ण प्रातः भ्रमणका क्रममा जंगलतिर गए । शान्त जंगललाई चराचुरुंगीको चिर्विराहटले मनमोहक बनाएको थियो । दुवै मित्र रमाउँदै जंगल घुम्दै थिए । नजिकैको रुखबाट कोइलीको कुहुकुहु सुनियो । उनीहरु दुवैजना अन्धविश्वासी थिए । उनीहरुलाई कोइलीको आवाज शुभ सन्देशले भरिएको हुन्छ भन्ने भ्रम थियो । दुवैले कोइलीको आवाज आ–आफ्ना लागि मंगलसूचक ठाने। पूर्णले भन्यो, कोइलीले मलाई शुभ सन्देश दिइरहेको छ । आज मलाई ठूलो सफलता प्राप्त हुनेछ । अपूर्णले भन्यो, कहाँ तिम्रा लागि हुनु नि ? मलाई पो कोइलीले त मंगल सन्देश दिएको हो त । मलाई आज धेरै धन प्राप्त हुनेछ । किनकि म तिमीभन्दा बढी भाग्यमानी छु ।

बिहान बिहानै स्वच्छ हावाको फाइदा उठाउनुको साटो पूर्ण र अपूर्ण तँ तँ र म म गर्दै झगडामा उत्रिए । कोइलीको आवाज दुवैले आफ्ना लागि शुभ सन्देश भएको भन्दै जिद्धी गरिरहे । भनाभन चर्कदै गएपछि दुवै कुटाकुटमा उत्रिए । दुवै गम्भीर घाइते भएपछि स्थानीयले अस्पताल पुर्याए । अस्पतालमा डाक्टरले उनीहरुलाई यसरी घाइते हुनुको कारण सोधे । दुवैले पालैपालो घटनाको बेलिविस्तार लगाए । डाक्टरलाई घटनाबारे बताइसकेपछि उनीहरुले सोधे, ‘अब तपाईं नै भन्नुहोस्, त डाक्टर साब त्यो कोइलीले कसका लागि शुभसन्देश दिएको थियो ?’ डाक्टर एकैछिन गम्भीर भए र भने, ‘‘हेर्नुहोस् मेरो विचारमा कोइलीले मेरा लागि शुभसन्देश दिएको थियो । उनीहरुले डाक्टरको भनाइको आशय बुझेनन् । उनीहरुले प्रश्न गरे‘,कसरी ?’ डाक्टरले भने ‘तपाईंहरु यसरी घाइते भएर आएपछि मेरो मंगल भएन ? मेरा लागि शुभ सन्देश भएन ?’ डाक्टरको जवाफ सुनेर दुवै मित्रले लाजले मुख रातो बनाए । पहिलो, दोस्रोको खैलाबैला तेस्रोको लाभ भनेको यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.