२ हजार २६० जना संक्रमण मुक्त : १ हजार ३८८ जनामा संक्रमण पुष्टि

१३ भाद्र, मेचीनगर:  पछिल्लो २४ घण्टामा २ हजार २६० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २१४ जनामा संक्रमण देखिएको छ भन ३ हजार ३८ जनाको एन्टिजेन परीक्षण गर्दा १७४ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १० हजार २९७ जनाको कोरोना परीक्षण गर्दा १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ५९ हजार २२२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८२ हजार ९७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख १२ हजार ७१२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.