२१ भाद्र, मेचीनगर : कोरोना संक्रमण घट्दै गए पछि झापाका विद्यालयहरुमा भौतिक रुपमा नै विद्यार्थी उपस्थित गराएर पठनपाठन सुचारु गर्न सकिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले आइतबार जारी गरेको आदेश अनुसार नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि अनुसार स्थानीय तहले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को समन्वयमा विद्यालयमा पठन पाठन सञ्चालनको निर्णय गर्न सकिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जारी गरेको आदेशको बुंदा नं. १० मा शैक्षिक संस्था सञ्चालन सम्बन्धि निर्णयमा भनिएको छ, ‘शैक्षिक संस्था(विद्यालय)ले भौतिक रुपमा पठन पाठन गर्न गराउन नपाउने तर स्मार्ट लकडाउन कार्यविधि-२०७८ मा उल्लेखित बस्तुगत सूचक तोकिएको स्कोरिङ तथा विश्लेषण गर्दा विद्यालय सञ्चालन गर्न सकिने अवस्था देखिएमा विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा सम्बन्धित स्थानीय तहले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) संग समन्वय गरी पठन पाठन सञ्चालनको निर्णय गर्न सकिने ।’
जिल्ला प्रशासनको यो निर्णयसंगै झापाका अधिकाशं विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति गराएर नै पठन पाठन सुचारु हुने सभ्भावना बढेको छ ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय झापाको आदेश :




























