३० भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार २२० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३३२ संक्रमण देखिएको छ भने ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १६ हजार ८४४ जनाको कोरोना परीक्षण गर्दाु १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २६ हजार ३०७ रहेकाे छ । त्यस्तै कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ८० हजार ८२४ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८७ हजार ८४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ४३ हजार ५२६ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























