११ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार २६२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा ९७५ जनामा संक्रमण देखिएको छ भन ३ हजार ४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३०७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १५ हजार ४८८ जनाको कोरोना परीक्षण गर्दा १ हजार ८२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ९२ हजार ३६७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० हजार ८५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ६२ हजार ४१६ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























