१४ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा ९११ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा ८९८ जनामा संक्रमण देखिएको छ भन ३ हजार २१० जनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार ७६५ जनाको कोरोना परीक्षण गर्दा १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १६८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ९५ हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ६५ हजार ७५८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























