उत्तरी कोरलानाकामा पुग्यो बस

A notice in Nepali from Mechinagar Ward No. 10

४ कार्तिक, जोमसोम : चीनको स्वशासितक्षेत्र तिब्बत र नेपालतर्फ उपल्लो मुस्ताङको सीमानाका कोरलानाकामा पहिलो पटक यात्रु बस पुगेको छ। कोरलानाकासम्मका लागि आन्तरिक पर्यटक लिएर बुधबार मुस्ताङ मुक्तिनाथ यातायात प्रालिको ग १ ख ७३३४ नं. को बस पुग्दा उपल्लो मुस्ताङका स्थानीय दंग छन्।

बुधबार मुस्ताङ यातायात प्रालिले उपल्लो मुस्ताङमा बस सञ्चालन गर्नका लागि ट्रायल परिक्षण गरेको थियो। जोमसोमदेखि उपल्लो मुस्ताङमा पुगेका बसका चालक प्रकाश आले सडक स्तरोन्नति राम्रो भएको एकाध स्थानमा सडक स्तरोन्नति र मोटरेबल पुल निर्माण हुनेसके बाह्रै महिना बस चलाउन सकिने जानकारी दिए। उनले विगतको तुलनामा सडक अवस्थामा व्यापक सुधार भएको उल्लेख गरे।

लोमान्थाङबाट कोरलानाकाको २४ नं सीमास्तम्भसम्म मुस्ताङ मुक्तिनाथ यातायातको बस पुगेको उपल्लो मुस्ताङका स्थानीय छिरिङ फेन्जो गुरुङले जानकारी दिए। उनले उपल्लो मुस्ताङमा पहिलो पटक यात्रुबाहक बस आएको र बस आउँदा स्थानीयबासी उत्साहित भएको बताए। बुधबार उपल्लो मुस्ताङ पुगेको बसका चालक तथा पर्यटकलाई स्थानीयबासीले खादा लगाएर सम्मानसहित स्वागत गरेका छन्।

बुधबार पहिलो पटक बस पुगेको र सो बस र बसका पर्यटकले कोरलानाकाको २४ नं. सीमास्तम्भमा फोटो खिचेको तस्बिरसमेत सामाजिक सञ्जालमा राखिएको स्थानीय फेन्जो गुरुङले जनाए। उपल्लो मुस्ताङमा सहज रुपमा बस पुगेपछि उपल्लो मुस्ताङ र कोरलानाकासम्म पुग्न आन्तरिक पर्यटक र स्थानीयबासीले थप सुविधा हुने अपेक्षा गरिएको छ। स्थानीयले उपल्लो मुस्ताङमा नियमित रुपमा बस सेवा सञ्चालन गर्न समेत यातायात व्यवसायीलाई अनुरोध गरेका छन्।

उपल्लो मुस्ताङमा विगत ३ वर्ष अघिदेखि हलुका फोर ह्वील जीप मात्र चल्ने गर्दथ्यो। राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत जोमसोम-कोरला सडक निकै जोखिम र सडकको पहुच राम्रो थिएन। उपल्लो मुस्ताङमा पुग्न हलुका सवारीमा जोमसोमबाट २ हजार भाडा तिर्नु पर्थ्यो। बस चलेमा भाडादर समेत सस्तो हुने स्थानीयको भनाई छ। पछिल्लो समय जोमसोम कोरला सडक स्तरोन्नति हुँदै जान थालेपछि उपल्लो मुस्ताङको यात्रासमेत सहज हुन थालेको हो। जोमसोम-कोरला सडकअन्तर्गत केही सडकखण्डको प्याकेजमा ठेकेदार कम्पनीले सडक स्तरोन्नतिमा ढिलासुस्ती गरेपनि अधिकांश खण्डको काम अन्तिम चरणमा पुगेको जनाईएको छ।

आयोजनाका निमित्त प्रमुख अश्विनी कुमार यादवले जोमसोम-कोरला ११० किमी सडकको भौतिक प्रगती ९० प्रतिशत सम्पन्न भएको जानकारी दिए। उनका अनुसार निर्माण कम्पनीले जोमसोम कोरला ७ प्याकेज मध्ये ४ वटा प्याकेजको काम हस्तान्तरण गरिसकेको बाकी प्याकेजको काम पनि अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार जोमसोम ताङ्वे १८ किमी, ताङ्वे चैले २९ किमी, छोसेर-कोरला १८ किमी र झैतै-चराङ २५ किमी सडक करिडोरलाई हस्तान्तर भएको हो। यस्तै, चैलेदेखि भेना सम्मको अप्ठ्यारो सडक पनि अहिले सहज भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.