प्रधानमन्त्री आज बेलायत जाँदै, यस्तो छ भ्रमणतालिका

A notice in Nepali from Mechinagar Ward No. 10

प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा नोभेम्बर १–२ तारेखमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) को २६औं सम्मेलनमा सहभागी हुन आज बेलायत जाँदै छन्।

प्रधानमन्त्री देउवाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागिता जनाउनेछन्। प्रधानमन्त्री देउवाले कात्तिक १५ गते (नोभेम्बर १) कोप २६ को उद्घाटनमा सहभागी हुनेछन्। सम्मेलनलाई विश्वका नेताहरूले सम्बोधन गर्नेछन्।

यससँगै प्रधानमन्त्री देउवाले विभिन्न राष्ट्रका प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्ताहरू गर्ने कार्यक्रम तय भएको छ।

त्यसअघि, कात्तिक १३ गते (अक्टोबर ३०) प्रधानमन्त्री देउवा अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल (एपीपीजी–एन) र यूके–नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरमले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागिता जनाउनेछन्। दुवै कार्यक्रमलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने तय भएको छ।

यससँगै प्रधानमन्त्री देउवाले बेलायत–नेपाल समाज, गैरआवासीय नेपाली संघ र यूकेमा रहेका नेपालीसँग भेटघाट गर्नेछन्। कात्तिक १४ गते (अक्टोबर ३१) लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनेछन्।

यस्तै, गोर्खा भेटेरान्स संगठनका सदस्यहरू, बेलायती सांसदहरू र नेपाली डायस्पोराका अरू सदस्यसँग भेटघाट कार्यक्रम रहेको छ।

कात्तिक १५ गते (नोभेम्बर १) साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्र र सरकार प्रमुखहरूको स्वागतमा आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री देउवा उपस्थित हुनेछन्। त्यसको भोलिपल्ट कात्तिक १६ गते (नोभेम्बर २) बेलायती प्रधानमन्त्री जोन्सन र स्कटल्यान्डका फस्ट मिनिस्टरले आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा सहभागी हुने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यससँगै कात्तिक १७ गते (नोभेम्बर ३) प्रधानमन्त्री देउवाले रोयल बोटनिक गार्डेन भ्रमण गर्ने कार्यसूची छ। त्यहाँ उनले उपस्थितलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री देउवाले नेपाली गार्डेनमा बिरुवा रोप्ने भएका छन्।

प्रधानमन्त्री देउवासँगै वन तथा वातावरणमन्त्री रामसहाय यादव पनि बेलायत जान लागेका छन्। नेपाली प्रतिनिधिमण्डल कात्तिक १८ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.