साहित्यकार कुभिण्डेलीको निवन्ध संग्रहको विमोचन उप्रेतीको गीतको लोकार्पण

A notice in Nepali from Mechinagar Ward No. 10

१४ कात्तिक, मेचीनगर : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्म जयन्तीको पूर्व सन्ध्यामा झापाको मेचीनगरमा शनिबार विविध कार्यक्रम सम्पन्न भएको छ ।

भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले आफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा झापाली श्रष्टा भानुभक्त कुभिण्डेलीको बाह्रौँ कृति ‘इन्द्रेनीका रंगहरु’ निबन्ध संग्रहको विमोचन तथा श्रष्टा कृष्णप्रसाद उप्रेतीद्वारा रचित गीतहरुको लोकार्पण गरिएको थियो । कुभिण्डेलीको यो बाह्रौँ कृति हो ।

यस अघि प्रारम्भिक ज्योतिष ज्ञान ‘अल इन वान ’ २०७४, जागिर भित्रको व्यथा कविता संग्रह चम्पूखण्ड २०७५, संस्मरणका क्षण्हरु संस्मरण २०७५, नेता प्रकाम्य कविता संग्रह २०७६, भूतको राज्य कथा संग्रह २०७६,काँडाभित्रको यात्रा उपन्यास २०७७, राधा समाभि महाकाव्य २०७७, विद्यालयका कीटाणुहरु संस्मरण २०७८, भड्खालो कथा संग्रह २०७८, स्मृतिम विमल शोककाव्य २०७८ प्रकाशित भइसकेका छन् ।

आयोजक संस्थाका अध्यक्ष एवम् श्रष्टा कृष्णप्रसाद उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्की, विशिष्ट अतिथी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीलगयातले संयुक्तरुपमा कृतिको विमोचन तथा गीतको लोकार्पण गर्नुभएको थियो ।

भानु साहित्यीक प्रतिठान झापा प्रकाशक रहेको कृति ‘इन्द्रेनीका रंगहरु’ को प्राध्यापक डक्टर गंगाप्रसाद अधिकारीले समिक्षा र भीम नेपालले टिप्पणी गर्नुभएको थियो । गीतका बारेमा भजन गायक देविभक्त श्रेष्ठले आफ्नो धारणा राख्नुभएको थियो । सोहि अवसरमा गीतका गायक गायिका मातृका संग्रौला र सीता भारतीलाई दोसल्ला पहिर्याएर सम्मान पत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा दुवै गायक गायिकाले लोकभाकामा गीत प्रस्तुत गरेका थिए भने टीका भट्टराई नेपाल, मीना अधिकारी, इन्दिरा सुवेदीले आ आफ्नो रचना पाठ गर्नुभएको थियो ।

साहित्यकार खगिन्द्रा ‘खुशी’ ले सञ्चालन र प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेलले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कार्की, मेचीनगर नगरपालिका उपप्रमुख उप्रेती,गीतकार तथा गायक चन्द्र भण्डारीलगायतले बोल्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.