१६ कार्तिक, मेचीनगर : पछिल्लो २४ घण्टामा ५५५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४६९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ जनाको पीसीआर परीक्षण गर्दा ४२२ जनामा संक्रमण देखिएको छ भन ३ हजार १७२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १० हजार २८७ जनाको कोरोना परीक्षण गर्दा ४६९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १३ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९४ हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ९२ हजार ८३२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























