मेयर पराजुलीले सुरु गरे दण्डप्रणाम यात्रा

A notice in Nepali from Mechinagar Ward No. 10

२४ कात्तिक, विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १८ औं पटक छठ पूजाका लागि घरदेखि घाटसम्म दण्डप्रणाम गर्दै यात्रा सुरु गरेका छन् ।

विराटनगर–३ ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट बुधबार बिहान साढे ११ बजेबाट पराजुलीले सिंघिया घाटसम्म दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । करिब दुई किलोमिटर लामो यो दुरी पार गर्न उनलाई चार घण्टा लाग्ने अनुमान छ ।

मेयर पराजुलीले कोरोनाबाट विश्व समुदायको मुक्तिका लागि व्रत बसेको बताएका छन् ।

पराजुलीसँगै उनका भतिज प्रमिश पनि दण्डप्रणाम यात्रामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.