प्रदेश १ : मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रदेशसभामा दर्ता गरे प्रस्ताव

A notice in Nepali from Mechinagar Ward No. 10

२८ कार्तिक, विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (आइतबार) प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन्।

दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण मुख्यमन्त्रीले स्वकीय सचिव सन्दिप राईमार्फत आज प्रस्ताव दर्ता गराएका हुन्।

मंगलबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन आज प्रस्ताव दर्ता गरीएको मुख्यमन्त्री राईका स्वकीय सचिव राईले जानकारी दिए।

गत कात्तिक १६ गते पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए।

मंगलबार विश्वासको मत लिएपछि मात्रै उनले सरकार विस्तार गर्ने अभिव्यक्ति दिँदै आइरहेका छन्।

९३ जना प्रदेशसभा सदस्य (हाल ९२) रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

सत्ता पक्षीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन्।

प्रदेश १ को प्रतिपक्षमा एमालेका ४० र राप्रपाका एक जना सांसद् छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.