२ मंसिर, मेचीनगर : पछिल्लो २४ घण्टामा २६० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २९९जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ जनामा संक्रमण देखिएको छ भने ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार १५१ जनाको कोरोना परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १८ हजार ३०७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार २५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ९९ हजार १७६ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























