मेचीनगरमा अब १८ वर्ष माथिका सवैले कोभिड १९ विरुद्धको खोप पाउने : गर्भवती भएको पहिलो त्रैमासिक पुगेका सवै आमाहरुलाई समेत खोप दिने

A notice in Nepali from Mechinagar Ward No. 10

२२ मंसिर, मेचीनगर : कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण शुरु भएसँगै झापाको मेचीनगर नगरपालिकाले यसको संक्रमण रोक्न तथा भित्रिन नदिन काँकरभिट्टा नाकामा उच्च सतर्कता अप्नाउन थालेको छ ।

मेचीनगर नगरपालिकाले कोभिड १९ को पहिलो लहरमै यसको नियन्त्रण र रोकथमका लागि काँकरभिट्टा नाकामा सञ्चालनमा ल्याएको कोभिड १९ नियन्त्रण तथा परामर्श सहायत कक्ष (हेल्पडेक्स) पुनः सञ्चालनमा ल्याउने नगर प्रमुख विमल आचार्यले जानकारी दिनुभयो ।

बुधबार नगर कार्यपालिकाको बैठकले सहायता कक्ष (हेल्पडेक्स) पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सहायता कक्ष ‐हेल्पडेक्स) मा दक्ष तथा अनुभवी स्वास्थ्यकर्मी परिचालन गरिने र विदेशबाट आएकाहरुको ज्वरो मापन गर्ने अत्यधिक ज्वरो भेटिए उनीहरुको अनिवार्य पीसीआर परीक्षण गर्ने नगर प्रमुख आचार्यको भनाई छ ।

नेपाल सरकारले दक्षिण अफ्रिकी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाए लगत्तै पूर्वी नाकाबाट दक्षिण अफ्रिकी नागरिक तथा कोभिड संक्रमित काँकरभिट्टा नाका भएर प्रवेश नगरुन् भनेर कडा निगरानी बढाईएको नगरप्रमुख आचार्यको भनाई छ ।
यसैगरी, मेचीनगर नगरपालिकामा मंसिर २६ गतेदेखि सञ्चालन हुने खोप कार्यलाई व्यवस्थित बनाउन नगरपालिकाले सबै जनप्रतिनिधि, टोल विकास संस्था, विभिन्न सरकारी र गैरसरकारी सघ संस्थाका प्रमुख प्रतिनिधिसहित सबै नगरवासीमा आग्रह गरेको छ ।

नगरपालिकाभित्रका १८ वर्ष माथिका सबै नागरिकहरु र गर्भवती भएको पहिलो त्रैमासिक पुगेका सवै आमाहरुलाई कोभिड १९ विरुद्घको खोप भेरोसिल पाउने भएका छन् । आगामी २६ गतेदेखि मेचीनगरमा खोप सञ्चालन हुने छ । २६ गते १ देखि ९ नम्बर वडासम्मका वडावासीलाई खोप लगाइने तयारी गरिएको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो ।

नेपाल सरकारको १८ वर्ष माथिका सबै नागरिकहरु र गर्भवती भएको पहिलो त्रैमासिक पुगेका सवै आमाहरुलाई कोभिड १९ विरुद्घको खोपउपलबध गराउने नीति तथा खोपको भण्डारण र सिरिञ्जको उपलब्धताको आधारमा क्रमैसँग सबै पालिकाहरुलाई खोप उपलबध गराउने र पहिलो चरणमा मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकालाई डीसीएमसी को मंसिर २२ गतेको निर्णय भएर अनुसार आगामी २६ गतेदेखि खोप सञ्चालन गर्न र खोप सञ्चालनको आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने भएकाले नगरपालिकाले खोपलाई व्यवस्थित गर्न सबैमा आग्रह गरिएको उपप्रमुख उप्रेतीको भनाई छ । खोप लगाउन आउनेलाई अनिवार्य नेपाली नागरिकताको प्रमाण पत्र तथा खोप कुपन गरिएको छ ।

चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी २ वर्ष भित्र सबै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भए अनुसार चालु आर्थिक वर्ष भित्र मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्न नगरपालिकाले विभिन्न समिति गठन गर्ने भएको छ । चालु आर्थिक वर्षमा मेचीनगरसहित २२ वटा स्थानीय तहमा क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्ने सरकारको योजना छ । क्षयरोग मुक्त घोषणा अभियान सञ्चालनका लागि स्वीकृत निर्देशिकामा उल्लेख भएका मेचीनगर नगरपालिकामा नगरप्रमुखको अध्यक्षतामा स्थानीय समिति र वडाअध्यक्षहरुको अध्यक्षतामा वडा समिति गठन गरिने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो ।

यसैगरी, निर्वाचन कार्यालयले सञ्चालन गरेको पालिका स्तरीय फोटोसहितको मतदाता नामावली संकलन समबन्धि एकदिने अन्तरक्रिया नगरपालिकाले बुधबार सम्पन्न गरेको छ । मेचीनगर क्षेत्रमा पुस ४ गतेदेखि पुस १८ गतेसम्म उक्त कार्य सञ्चालन हुने छ । यसको प्रचार प्रसारलाई तीव्र पार्ने, विभिन्न वडाहरुमा क्रमश समय र मिति तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.