२३ मंसिर, मेचीनगर : पछिल्लो २४ घण्टामा ३२९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २११ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जनामा संक्रमण देखिएको छ भने १ हजार ४३३ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ९ हजार ४५१ जनाको कोरोना परीक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख २३ हजार ५५४ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ७०१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख ५ हजार ९०० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























