रामचन्द्र पौडेल नआउनु दुःखद हुन्छ : कांग्रेस प्रवक्ता

A notice in Nepali from Mechinagar Ward No. 10

२३ मंसिर, काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार केन्द्रीय कार्यसमिति बैठकमा आएनन् ।

१४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन राखिएको बैठकका लागि पार्टीका मुख्यसचिव आफैं घरमा पुगेर नेता पौडेललाई खबर गरेका थिए ।

पौडेलले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बैठकमा नआउने बताएका थिए । तर किन भन्ने नखुलाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् । बिहीबार दिउँसो केन्द्रीय कार्यसमिति बैठक बस्यो, तर वरिष्ठ नेता पौडेल सहभागी भएनन् ।

आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न नसके राजनीतिबाटै विदा गर्न नेताहरुलाई आग्रह गरेका थिए । लगतै केन्द्रीय कार्यसमितिमा अनुपस्थित हुनुलाई यससँग जोडेर हेरेका छन् ।

प्रवक्ता शर्माले भने, ‘भोलि (उद्घाटन समारोह) पनि आउनु भएन भने दुःखद हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.