कांग्रेसको प्रदेश २ को अधिवेशनमा झडप

A notice in Nepali from Mechinagar Ward No. 10

७ पुस, जनकपुरधाम : नेपाली कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो ।

जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।

सो क्रममा भएको कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् । निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

दुई पक्षबीच कुटाकुट भएपछि बुधबारका लागि निर्वाचन कार्यक्रम स्थगित भएको छ । अब बिहीबार विहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.