प्रचण्ड फेरि बने पार्टी अध्यक्ष

A notice in Nepali from Mechinagar Ward No. 10

१९ पौंष, काठमाडौँ : पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रको अध्यक्ष भएका छन्।

आज (सोमबार) ललितपुरको होटल हेरिटेज प्लाजामा बसेको केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाएको हो।

उनलाई अध्यक्ष बनाउन कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावकका रूपमा रहेका थिए।

माओवादीको आठौं महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको थियो। ती सबै सदस्यले शपथ पनि लिइसकेका छन्। उनीहरूलाई माओवादी केन्द्र निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ खुवाएका थिए।

शपथ ग्रहणलगत्तै पदाधिकारी चयनका लागि केन्द्रीय कमिटीको बैठक बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.