राष्ट्रिय सभा सदस्य उम्मेदवार छान्ने जिम्मा प्रचण्डलाई

A notice in Nepali from Mechinagar Ward No. 10

२० पुस, काठमाडौँ : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार छनोटका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अधिकार दिएको छ।

महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको हो।

केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथका लागि सोमबार आयोजित कार्यक्रममा शीर्ष नेताहरुबीच राष्ट्रिय सभा सदस्यको उम्मेदवारीका विषयमा छलफल भएको थियो।

सत्तारूढ गठबन्धनको सोमबारकै बैठकले दलहरू कसले कहाँ उम्मेदवारी दिने भन्ने विषयमा समेत टुङ्गो लगाएको थियो।

गठबन्धनको निर्णय अनुसार माओवादीले पाँच सदस्यमा उम्मेदवारी दिनेछ। मङ्गलबार उम्मेदवारको मनोनयनको कार्यक्रम छ।

यसैबीच माओवादी केन्द्रको पदाधिकारी छनोटको प्रक्रिया केही दिनका लागि स्थगित भएको छ।

केन्द्रीय समितिको बैठक यही पुस २५ गतेसम्मका लागि स्थगित भएकाले पदाधिकारी छनोटको प्रक्रिया केही दिन पर सरेको हो। सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा पदाधिकारी छनोट गरिने अध्यक्ष दाहालले बताए।

यही २५ गतेको बैठकपछि पदाधिकारी टुङ्गो लाग्ने उनको भनाइ थियो। माओवादीमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको विधानमा व्यवस्था गरिएको छ।

केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.