ओमिक्रोन: डेल्टाको तुलनामा धेरै ट्रान्समिसिबल तर कम गम्भीर

A notice in Nepali from Mechinagar Ward No. 10

लण्डन : कोराना भाइरसको ओमिक्रोन भेरियन्ट बारे जनचेतना दिने उदेश्यले गैरआवासीय नेपाली संघले स्वास्थ्य सम्बन्धी सामग्री प्रकाशन गरेको छ । संघको स्वास्थ्य समितिका अनुसार एनआरएनए स्वास्थ्य विशेषज्ञहरूले ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी प्रश्नहरु र ती सम्बन्धी विषयमा जवाफ तयार गरेका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार समितिले आमजनताका लागि ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी सामान्य प्रश्नको जवाफ तयार परेर सो सामग्री सोमवार सार्वजनिक गरेको हो । प्रारम्भिक तथ्याङ्कले ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्टको तुलनामा धेरै ट्रान्समिसिबल तर कम गम्भीर रहेको देखाएको स्वास्थ्य समितिले जनाएको छ ।

डा. सापकोटाले विश्वभरका नेपालीहरुलाई ओमिक्रोनलाई गम्भीरतापूर्वक लिन आगू गरेका छन् । उनले भाइरस लाग्न नदिन सबै रोकथामका उपायहरू जारी राख्नु पर्ने बताए । संघद्धारा प्रकाशित स्वास्थ्य जनचेतना सामग्रीमा ओमिक्रोनको प्रभाव, बच्ने उपाए, बुस्टर डोज लगायतको बारेमा जानकारी लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.