निरंकुश राजतन्त्रको पक्षमा छैन : कमल थापा

'कुनै दिन विचार मिलेन भने पार्टीबाट नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन'

A notice in Nepali from Mechinagar Ward No. 10

२३ गते, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आफू निरंकुश राजतन्त्रको पक्षमा नरहेको बताएका छन्।

केहीबेरअघि सामाजिक सञ्जालमा उनले राजा राजनीतिभन्दा माथि रहनुपर्ने र आफू निरंकुश राजतन्त्रको पक्षमा नरहेको उल्लेख गरेका हुन्।

साथै उनले राप्रपाको चुनावमा पूर्वराजा ज्ञानेन्द्रले हस्तक्षेप गरेको आरोप फेरि दोहोर्‍याएका छन्।

सामाजिक सञ्जालमा उनले ‘विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरुत्थानवादी र ‘सिनो’ बोकेर हिँड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीतिभन्दा माथि रहनुपर्छ, पार्टीमा चलखेल गर्नु हुँदैन भन्दा मेरो खेदो खनिरहेका छन्। हाँसो र उदेक लाग्छ। त्यो राजतन्त्र प्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझेको छैन’ उल्लेख गरेका छन्।

थापाले सञ्जालमा ‘म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन’ प्रष्ट पारेका छन्।

उनले राप्रपा अध्यक्षको चुनावमा पूर्व राजाले चलखेल गरेको आरोप फेरि लगाउँदै लेखेका छन्, ‘राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिभन्दा माथि बस्न नचाहेको स्पष्ट संकेत मिलेको छ।’

थापाले राजतन्त्र राजनीतिभन्दा माथि बसोस् भन्ने आफ्नो चाहना रहेको तर पूर्वराजाले राप्रपाको आन्तरिक चुनावमा ‘नांगो हस्तक्षेप’ गरेर त्यसो गर्न नचाहेको आरोप पनि पूर्वराजामाथि लगाएका छन्।

त्यतिमात्र नभएर उनले दलभित्र आफ्ना विरोधीलाई ‘समस्याको जडलाई बुझ्न सक्दैनन्’ भनेर राजतन्त्र सक्रिय हुँदा आउने समस्या बुझ्न नसकेको ब्यंग्यसमेत गरेका छन्।

थापाले अगाडि उल्लेख गरेका छन् “मेरो समस्या र पीडा त्यही हो। यो प्रसंगलाई हारजीतसँग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशताप्रति मेरो दया छ।’

उनले अर्को पार्टी खोल्नेबारे अहिले चलिरहेको चर्चाको पटाक्षेप गर्दै दलभित्र विचार फरक परे बरु आफू राप्रपाबाट अलग हुने तर पार्टी नफुटाउने समेत उल्लेख गरेका छन्।

उनले लेखेका छन् ‘तर, स्पष्ट होस्-विचार मिलेन भने पार्टीबाट कुनै दिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.