१७ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण देखिएको छ भने ५ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १६ हजार ८८ जनाको कोरोना परीक्षण गर्दा ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज ८ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ५३ हजार ९१३ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख २८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख ६२ हजार ८९८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























