८ हजार ४२५ जना संक्रमण मुक्त : २ हजार ५२६ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

२१ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा ८ हजार ४२५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६०२ जनामा संक्रमण देखिएको छ भने ४ हजार ४१८ जनाको एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार ७३ जनाको कोरोना परीक्षण गर्दा २ हजार २२६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज १६ जनाको ज्यान गएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ६४ हजार ११९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ३३ हजार ४७० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख ९५ हजार ८६८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.