सत्ता गठबन्धनलाई विकास र समृद्धिका एजेन्डासँग मतलब छैन : पोखरेल

A notice in Nepali from Mechinagar Ward No. 10

२२ माघ, काठमाडौँ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेन्डासँग कुनै मतलब नभएको बताएका छन् । उनले संविधान, मूल्यमान्यता र परम्परागत अभ्यासविपरीत बनेको गठबन्धनले देशवासीको आर्थिक समृद्धि र विकासको सपना पूरा गर्नुको सट्टा देश विकास गर्नुपर्छ भन्ने सपनालाई मूर्छित पार्ने काम गरिरहेको बताए ।

 

प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा शनिबार आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई समाप्त गर्ने भन्नेमात्रै भएको आरोप लगाए । ‘यो गठबन्धन एकातिर छ, अर्कोतिर नेकपा एमाले उभिएको छ । त्यसैले यो गठबन्धन विशुद्ध एमाले समाप्त गर्नुपर्छ भन्ने विशाक्त उद्देश्यले बनेको छ,’ उनले भने, ‘हामी संघीयताको बलियो कार्यान्वयन चाहन्छौं । तर, यो गठबन्धनमा संघीयताको ‘स’ समेत सुन्न नचाहनेहरू पनि छन्, त्यही फेरि अहिले भएका सात प्रदेशले पुगेन भनेर टोकाटोक गर्ने पनि त्यही छन् । यहीबाट प्रस्ट हुन्छ कि यो गठबन्धन कुनै मूल्य मान्यतामा आधारित छैन, एमालेको विरोध गर्ने मात्रै हो ।’

नेता पोखरेलले एमालेनिकट पत्रकारहरू ‘टु इन वान’ हुनुपर्ने बताए । ‘तपाईंहरू पत्रकार हो, त्यसैले तपाईंहरुसँग पत्रकारिताको पेसागत सीप, क्षमता, दक्षता र मर्यादा अनिवार्य छ,’ उनले भने, ‘तबमात्रै तपाईंहरूले नेकपा एमालेलाई समर्थन गरेको अर्थपूर्ण हुन्छ ।’

उनले आगामी दिनमा रचनात्मक कार्य गर्दै संगठनलाई अघि बढाउन निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.