चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार

A notice in Nepali from Mechinagar Ward No. 10

२४ माघ, काठमाडौँ : चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।

हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका-६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

उनीहरू सबै सकुशल रहेका थानकोट प्रहरीका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूले आफूहरूले बाटो भूलेको भनेर राति साढे आठ बजे घरमा खबर गरेका थिए । घरका अरु सदस्यहरूले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली परिचालित भएको थियो । खोजीमा विपद व्यवस्थापन गुल्म सामाखुसीका सदस्यहरूसमेत थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.