२४ माघ, काठमाडौँ : स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो। सरकारले भने मतगणना गरी नयाँ जनप्रतिनिधि आउन लाग्ने समयलाई ख्याल गर्दै लाग्ने भएपछि बैशाख ३० मै निर्वाचन गर्ने निर्णय गरेको हो।


























