Tuesday, May 11, 2021
- बिज्ञापन -
गृह कोरोना अपडेटक्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटर र फेसबूक मार्फत् यसको जानकारी दिएका हुन् ।

लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।

अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु