कोभिडपछिको पहिलो मार्ट : ‘इष्ट टुरिजियम मार्ट’ सफल पार्न टोली १ नम्बर प्रदेश दौडाहमा

पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन सवै एकजुट हुनुपर्नेमा जोड

A notice in Nepali from Mechinagar Ward No. 10

५, फागुन मेचीनगर : नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले भारतीय सीमासँग जोडिएर सञ्चालनमा रहेका नेपाली ट्राभल व्यवसायीहरुकालागि भारत नै मुख्यः बजार रहेको बताउनुभएको छ ।

वोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर रेग्मीसहित ट्राभल व्यवसायीहरुको छाता संघ संगठनका प्रमुख प्रतिनिधि र ट्राभल व्यवसायीहरुको टोलीले प्रदेश नम्बर १ का चारवटा जिल्लाका पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । पर्यटनक्षेत्रमा तराईलाई विशेषगरी सीमासँग जोडिएका क्षेत्रमा पर्यटनका समस्या के कस्ता छन् ? त्यसको दीर्घकालिन समाधान के हुन सक्छ ? अब उप्रान्त भइरहेका समस्यालाई कसरी कम गर्न सकिन्छ, सशक्तरुपमा भारतीय पर्यटकलाई लक्षित गरेर नेपालमा धेरै भन्दा धेरै पर्यटन प्रवद्र्घन गर्न के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ ? आगामी चैत ११ देखि १३ गतेसम्म सुनसरीको धरानमा सञ्चालन हुन गइरहेको ‘इष्ट टुरिजियम मार्ट’ कसरी सफलरुपमा सम्पन्न गर्ने तथा तयारीका वारेमा जानकारी गराउने उद्घेश्यले टोली १ नम्बर प्रदेश दौडाहमा निस्केको थियो ।

विशेषगरी भारतीय सीमासँग जोडिएका नेपाली ट्राभल व्यवसायीहरुसँग अन्तरक्रिया र छलफल गर्ने क्रममा झापाको काँकरभिट्टा, मोरङको विराटनगर सुनसरीको धरान, तथा इलाम जिल्लाको श्रीअन्तु र इलामका व्यवसायीसँग अन्तरक्रिया र छलफल गरेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

छलफलका क्रममा बोल्दैं डाक्टर रेग्मीले पर्यटनकाक्षेत्रमा वोर्डले लगानी गर्ने भए पनि त्यसबाट ‘आउटपुट’ कसरी लिने तथा प्रभावकारी कसरी बनाउने र सफल गर्न सकिन्छ त्यस विषयमा स्वयम् पर्यटन व्यवसायीले सोच्नुपर्नेमा जोड दिनुभयो । ‘पर्यटन भित्रियाउने जिम्मा पर्यटन व्यवसायीकै हो ’डाक्टर रेग्मीले भन्नुभयो—‘सवैभन्दा पहिला आन्तरिक समस्या हल गरौ ।’ सीमानाकामा विदेशीहरुलाई चेकजाँचदेखि विहिन्न वहानामा दुःख कष्ट हुने भएको भन्दैं यसको अन्त्य हुनुपर्नेमा समेत उहाँको जोड थियो । रेग्मीले यस विषयमा अध्यगमन, प्रहरी प्रशासन स्वमय् पर्यटन व्यवसायीहरुले पर्यटकहरुलाई कस्तो व्यवहार वा अहिले भइरहेका व्यवहारहरु सुधार्न के गर्ने भन्ने वारेमा सोच्नुपर्ने बताउनुभयो ।

डाक्टर रेग्मीले पर्यटनकाक्षेत्रमा पर्यटक र पर्यटन व्यवसायीहरुका धेरै खालका समस्या र गुनासाहरु रहेकाले आफै प्रत्यक्षरुपमा गएर हरेक समस्या र गुनसालाई नजीकबाट नबुझेसम्म समाधनका उपाय निकाल्न गाहे हुने बताउनुभयो । पर्यटनकाक्षेत्रमा सरोकार राख्ने तथा करोडौ रुपैयाँ लगानी गर्ने निजीक्षेत्रका व्यवसायीहरुसँग यसभित्रका समस्या पहिल्याएर समाधानका उपाय खोज्नु सवैको दायित्व भएको उहाँको भनाई छ । उहाँले अन्तर्राष्ट्रियक्षेत्रमा नेपाललाई चिनाउन के कस्ता कार्यक्रमहरु अघि सार्नुपर्छ त्यसमा हरेक पर्यटन व्यवसायीहरुलाई साथ सहयोग गर्न वोर्ड तयार रहेको र पर्यटनकाक्षेत्रमा भोग्दैं आएका समस्या समाधान गर्न समेत वोर्डले जे गर्नुपर्नै हो सवैथोक गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

एकपटक चेकजाँच गरीसकेपछि ‘ग्रीनस्किटर’ लगाईदिनुपर्ने र ‘ग्रीनस्किटर’ लगाईदिएपछि कहि कतै चेक गर्नुनपर्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । भारतीय १ हजार ५ सयका नोटका कारण पनि पर्यटकहरुले बेला बेला समस्या व्यहोर्नु परेको र यस्ता नोट नेपालमा निर्वाध चल्न पाउनुपर्ने उहाँको भनाई छ । ‘नेपालबाट पैसा बाहिर लैजान दिनु भएन्’ उहाँले भन्नुभयो —‘ल्याउन र नेपाली बजारमा खर्च गर्न त पाउनु पर्यो नि । ’ अब नेपाली सवारी साधनहरुलाई समेत निर्वाधरुपमा भारतसम्म कसरी पठाउन सकिन्छ त्यस विषयमा सवै लाग्नुपर्ने भन्दैं उहाँले नीतिमा परिवर्तन आवश्यक परे गर्नुपर्ने समेत बताउनुभयो । सीमाक्षेत्रका पर्यटन व्यवसायीहरु सीमाक्षेत्रबाट २०० किलो मिटर भित्रमात्र प्रवेश गरे पर्यटन व्यवसाय मजाले सञ्चालन हुने र कुनै संकट नहुने उहाँको दावी छ । ‘विभिन्न शैक्षिक संस्थासम्म पुग्नु पर्यो स्कुल,क्याम्पस कहिले विदा हुन्छन बुझ्नु पर्यो सुविधा दिनु पर्यो त्यसो भए पर्यटक आफूतर्फ आर्कषण हुन्छन्’ उहाँले भन्नुभयो—‘तालिम चाँहि पैसा माग्नुहोस वोर्डसँग पैसा छ दिन्छ तर परिणाम सकरात्मक आउनु पर्यो । ’

आगामी चैत ११ देखि १३ गतेसम्म सुनसरीको धरानमा सञ्चालन हुन गइरहेको ‘इष्ट टुरिजियम मार्ट’ का विषयमा बोल्दैं डाक्टर रेगमीले १ नम्वर प्रदेशको समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार तथा प्रवद्धन गर्ने उद्धेश्यका साथ पर्यटन सम्वद्ध छाता संस्थाहरू तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा पुर्वी नेपालको प्रमुख गन्तव्यमा टुरिजम मार्ट वि टु वि आयोजनाका लागि ३० लाख रूपैयाँ चालू आर्थिक वर्ष २०७८÷०७९ मा नेपाल पर्यटन वोर्डले विनियोजन गरेको बताउनुभयो ।

प्रदेश स्तरीय पर्यटन व्यवसायीहरूको व्यवसायिक विकास विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारको टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रदेश सरकारको साझेदारीमा प्रत्येक प्रदेशमा ‘प्रादेशिक टुरिजम मार्ट’ को आयोजना गर्ने वोर्डको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम रहेको डाक्टर रेग्मीको भनाई छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले नाट्टाको आफ्नै इतिहास रहेको पर्यटन वोर्डले गर्ने हरेक काममा संस्थाको साथ सहयोग रहने बताउनुभयो । उहाँले आगामी चैत ११ देखि १३ गतेसम्म सुनसरीको धरानमा सञ्चालन हुन गइरहेको ‘इष्ट टुरिजियम मार्ट’ सफलरुपमा सम्पन्न गर्न दत्तचित्त भएर लाग्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । नाकालाई निक्कै व्यवस्थित बनाएर पर्यटकहरुलाई अधिक भन्दा अधिक पर्यटकियक्षेत्रका बारेमा जानकारी प्रदान गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सहभागी अधिकाँश पर्यटन व्यवसायीहरुले पर्यटकमा भरमा सञ्चालन भएका विभिन्न पर्यटन व्यवसायी कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेलाई पुरानै लयमा फर्काउने सरकारी योजना प्रभावकारी हुन नसकेको गुनासो राखेका थिए । पर्यटन पूर्वाधारको क्षमताअनुसार, पर्यटक आगमन नहुँदा धेरैजसो पर्यटकीय क्षेत्रका ट्रेकिङ, होटल, होमस्टे, पर्यटकीय मनोरञ्जनसहितका पर्यटकीय गतिविधि चलायमान हुन नसकेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ बताउँनुहुन्छ

उद्योग वाणिज्य महासंघ १ नम्वर प्रदेश पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठ, संविधान सभा सदस्य उषा गुरुङ् पर्यटन व्यवसायीहरु ज्ञानमणि नेपाल अर्जुन कार्की, राजु अधिकारी, निरबहादुर नेत्र कार्की, ऋषिराज तिम्सिना, सजित तामाङ, रोशन बजगाईँ, प्रवेश श्रेष्ठ, इन्दिरा श्रेष्ठलगयातले आ आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रमको अध्यक्ष होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.