प्रतिनिधिसभाको आज बस्ने बैटकमा एमसीसीमाथि छलफल हुने

A notice in Nepali from Mechinagar Ward No. 10

१५ फागुन, काठमाडौँ : प्रतिनिधिसभाको आज बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना ९एमसीसी० सम्झौतामाथि छलफल हुने भएको छ।

शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

यसअघि दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक बस्न लागेको हो। गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। बैठक आज  बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.