रोटरी क्लब अफ काँकरभिट्टाद्वारा नवनिर्मित खानेपानी परियोजना हस्तान्तरण

विद्यालय परिसरमा खानेपानीको ट्याङ्की निर्माणपछि विद्यार्थीहरुमा खुशी

A notice in Nepali from Mechinagar Ward No. 10

६ फागुन, मेचीनगर : मेचीनगर— ६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयमा रोटरी क्लब अफ काँकरभिट्टाद्वारा नवनिर्मित शुद्ध पिउने पानी परियोजना आइतबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ, रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२१/०२२ का अध्यक्ष रोहितकुमार बुढाथोकीले संयुक्तरुपमा विद्यालयका निमित्त प्रधानध्यापक हरिप्रसाद न्यौपानेलाई साचो दिएर परियोजना हस्तान्तरण गर्नुभएको थियो ।

मेचीनगर नगरपालिका वडानम्बर-६ को २ लाख तथा रोटरी क्लब अफ काँकरभिट्टाको १ लाख ७५ हजार गरी कुल ३ लाख ७५ हजार रुपैयाँ लागतमा परियोजना सम्पन्न भएको रोटरी क्लब अफ काँकरभिट्टाका सर्भिस चियर दिपेन्द्रराज पाण्डेले बताउनु भयो । एकहजार लिटरको प्लाष्टिकको र ५ सय लिटरको स्टिलको ट्यांकीसहित ६ वटाभन्दा बढी धारा जडान गरिएको छ । विद्यालयमा १ हजार ६ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । अध्यक्ष बुढाथोकीका अनुसार वडानम्बर ४ मा रहेको पशुपति मावि, ७ को कृष्ण प्रावि र ८ को बालकल्याण माविमा समेत शुद्घ पिउने पानी परियोजना सम्बन्धित विद्यालयलाई हस्तान्तरणको अन्तिम तयारीमा छन् ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि तामाङले रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । रोटरीले यसअघि समेत विभिन्न विद्यालयमा रचनात्मक कार्य गरेको भन्दैं वडाध्यक्ष तामाङले आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने विश्वास दिलाउनुभयो ।

निमित्त प्रधानध्यापक न्यौपानेले रोटरीले विद्यालयमा खानेपानी परियोजना सम्पन्न गरी हस्तान्तरण गरेर यहाँको ठूलो समस्या समाधान भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले रोटरीले समाजका हरेक गतिविधिमा खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभयो । वातावरणका क्षेत्रमा नगरलाई सफा स्वच्छ र स्वस्थ्य हराफरा बनाउन विभिन्न ठाउँमा वृक्षारोपणदेखि उपचारको पहुँचबाट टाढा टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना तथा क्यान्सर जस्तो प्राणघातक रोगका बारेमा चेतना प्रदान गर्ने उद्देश्यले वार्षिकरुपमा रोटरीले विविध कार्यक्रम आयोजना गर्ने गरेकोमा उहाँले रोटरीको खुलेरै प्रशंसा गर्नुभएको थियो ।

पत्रकार मोहन काजीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शुद्घ पिउने पानी परियोजना सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरेकोमा रोटरी क्लब अफ काँकरभिट्टलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । क्लबले शिक्षाका क्षेत्रमा धेरै काम गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना, मेचीनगरकै बाहुनडाँगीमा रहेको अर्काे विद्यालयका जेहेन्दार र आर्थिक अवस्था अलि कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा रोटरीले सपिङ कम्पलेक्स परिसरमा महिलाहरुलाई लक्षित गरेर सार्वजनिक शौचालय निर्माण गरेर काम को थालनी गरेको थियो । विस्तारै विस्तारै यसले स्वास्थ्यका क्षेत्रमा समेत हात हालेर सन् १९८५ मा संसारबाट पोलियो उन्मुलन गर्ने दायित्व आफ्नो काँधमा लिदैं १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ मिलिण्डा गेट्स फाउण्डेशनलगायतका संस्थाहरुसँग सहकार्य गरेर हाल सम्म ९९ दशमलव ९ प्रतिशत पोलियो संसारबाट उन्मुलन गर्न सफल भएको थियो ।
महासचिव उदयकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा रोटरी क्लब आफ काँकारभिट्टाका निवतृमान अध्यक्ष, कृष्णकान्त खनियाँ, पूर्व अध्यक्ष राधिका गुरुङ, पूर्व अध्यक्ष तथा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका पूर्व कोषाध्यक्ष दिलीप सुवेदी, रोटरियन मेदनीप्रसाद खरेल, काँकरभिट्टा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बासुदेव कोइराला, काँकरभिट्टा बहुमुखी क्याम्पसका सहायक प्राध्यापक दुर्गाबहादुर लुइटेल, सहकारीकर्मी भगिरथ राई, शिक्षासेवी, समाजसेवीलगायत रोटरीका सदस्यहरु, विभिन्न उद्योगी व्यवसायीहरुको उल्लेखिय सहभागिता रहेको थियो । सहभागी सवैलाई क्लबका प्रेसिटेण्ड इलेक्ट सुजन प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.