फेसबुक र ट्विटरपछि प्रधानमन्त्री ओली टिकटकमा

टिकटक एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदारी गर्ने सामाजिक सञ्जाल सेवा हो । विश्वभरि यसको प्रभावकारिता बढिरहेको बेला नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीले पनि टिकटक एकाउण्ट खोल्नुभएको छ । सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो।

‘प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘उहाँका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्‍याउन खोजेका हौं।’

टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्रीको पहिलो भिडिओमा एक लाख भ्युज कटेको छ।

नयाँ पुस्तामाझ टिकटक चर्चित छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले छलफल गरेर नै सञ्चालनमा ल्याइएको बताए।
अकाउन्ट खोलेका थियौं, टिकटकले हामीलाई प्रधानमन्त्रीको आधिकारिक हो/होइन भनेर सोध्यो’, ती सदस्यले भने, ‘हामीले आधिकारिक अकाउन्ट भएको बताएपछि भेरिफाइड भयो।’

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.