कोभिड मत्थर भएपनि र पैदल मार्ग हुदैँ भित्रिने पर्यटकको संख्यामा खासै सुधार भएन्

A notice in Nepali from Mechinagar Ward No. 10

२३ फागुन, काँकरभिट्टा : नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण केही मत्थर भएपनि नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा नाका भएर पैदल मार्ग हुदैँ भित्रिने पर्यटकको संख्यामा खासै सुधार भइसकेको छैन् ।

अध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार सन् २०२२ को जनवरी १ देखि मार्च ६ तारीख आजसम्म काँकरभिट्टा नाका भएर ५ सय २६ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । त्यसमा पनि विदेशीको संख्या भने न्यून रहेको कार्यालय प्रमुख रेवन्त भट्टराईले बताउनुभयो । उहाँका अनुसार त्यो अवधिमा २० जना विदेशी त्यसमा पनि अधिकाँश भुटानी नागरिक नेपाल प्रवेश गरेका छन् । बाकी सवै नेपाली हुन् । यसैगरी यो नाका हुँदैं कुल ३ सय २० जना विदेशिएका छन् ।

२ सय ८३ नेपाली र ३७ विदेशी नागरिक पूर्वीनाका भएर बाहिरीएको कार्यालय प्रमुख भट्टराईको भनाई छ । नेपालमा विदेशी पर्यटकहरुलाई आवतजावतमा केही खुकुलो भएपनि भारततर्फ कडाइ गरेका कारण पर्यटकको संख्यामा कमि आएको नेपाली सरकारी अधिकारीहरु बताउँछन् ।

भारतको पश्चिम बंगाल राज्यकोे पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग नेपालको काँकरभिट्टा नाका जोडिएको छ । पर्यटकहरुलाई भिषा जरी गरे वापत कार्यालयले यो अवधिमा २१ हजार ८ सय १६ अमेरिकी डलर वा २६ लाख रुपैयाँको हाराहारीमा राजस्व संकलन गरेको छ । उक्त रकम भिषा जारी गरेभन्दा पनि चालु आर्थिक वर्ष २०७७÷२०७८ बाट कार्यालयले ‘एनआरएन’ ‘टुरिस्ट’, ‘म्यारिज’ र ‘रिलेसन’ भिसा जारी तथा नविकरण गर्ने जिम्मेवारी पाएको थियो । सो वात बढी राजस्व संकलन भएको छ ।

कार्यालयले १५ दिनका लागि भिसा जारी गरे वापत युएसए ३० डलर, ३० दिनका लागि ५० डलर र ९० दिनका लागि एकसय २५ डलर लिने गरेको छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेपछि पश्चिम बंगाल सरकारले पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्ने बंगलादेशी तथा अन्य मुलुकका पर्यटक नआउँदा कार्यालयको राजस्व नराम्ररी प्रभावित बनेको कार्यालयको भनाई छ ।

कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०७६/२०७७ पनि भिसा जारी गरे वापत १ करोड १ लाख २३ हजार ७ सय ४० रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७७/२०७८ पैदलमार्ग भएर पूर्वीनाका भएर नेपाल आउने पर्यटक ठप्प भएपछि भिसा जारी वापतको राजस्व शुन्य छ । कार्यालयले गत आर्थिक वर्ष २०७७/२०७८ मा ‘एनआरएन’, ‘टुरिस्ट’, ‘म्यारिज’ र ‘रिलेसन’ भिसा जारी तथा नविकरण गरे वापत ५० लाख ६४ हजार ४ सय २१ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्ष २०७७/२०७८ बाट कार्यालयले ‘एनआरएन’ ‘टुरिस्ट’, ‘म्यारिज’ र ‘रिलेसन’ भिसा जारी तथा नविकरण गर्ने जिम्मेवारी प्राप्त गरेयता कार्यालयले शुल्क लिने गरीका विभिन्न खालका २ सय ६९ वटा भिसा नविकरण तथा जारी गरेको थियो । एकवर्षको अवधिमा ३ सय ५० वटा भिसा जारी गरेपनि ८१ वटा भिसामा निःशुल्क जारी गरेको कार्यालयले जनाएको छ । एनआरएन र १० वर्षमूनिकालाई अमेरिकाबाहेकका अन्य देशमा जानका लागि निःशुल्क भिसाको व्यवस्था सरकारले गरेको छ ।

अध्यगमन विभागले कोभिड १९ को दोस्रो लहरका कारण जारी गरेको लकडाउन अवधिभरको भिसामा लाग्ने विलम्ब र जरीवाना निःशुल्क गरेको थियो । त्यसलगत्तै सम्बन्धित कार्यालयमा भिसा नविकरण धमाधम हुन थालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.