एसइईको उमेरहद हट्यो, १४ वर्षै पुग्‍नु नपर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

१४ चैत्र, काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लाग्ने उमेर हद हटेको छ। राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पुगेकाले मात्र दिन पाउने व्यवस्था हटाएको हो।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही वर्षबाट कक्षा-१० को परीक्षाका हकमा उमेरहद नलाग्ने जानकारी दिए।

‘अब जति सुकै उमेरकाले कक्षा-१० को परीक्षा दिन पाउँछन्,’उनले भने। उमेर हद कायम गरिँदा परीक्षार्थीहरूलाई समस्या भएको भन्दै त्यो व्यवस्था हटाएको उनको भनाइ छ।

उनका अनुसार यसअघि नै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा  ऐनमा भएको उमेर हदको व्यवस्था हटाउन बोर्डलाई परिपत्र गरेको थियो। यस वर्षको एसइई परीक्षा आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ।

बोर्डका अनुसार सबै जिल्लामा २ हजार परीक्षा केन्द्र तोकिएको छ। ११ हजारभन्दा बढी विद्यालयबाट करिब ५ लाख परीक्षार्थीले यस वर्षको एसइई परीक्षा दिँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.