२९ चैत, काँकडभिट्टा : नेकपा एमाले झापाका सचिवालय सदस्य देवकुमार राईले आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा मेचीनगर नगरपालिका नगरप्रमुखमा नेकपा एमालेले १ नम्वर प्रदेश सभा सदस्य गाेपालचन्द्र बुढाथाेकीलाई अघि सारेकाे भन्दै असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । मेराे मेचीनगर डट कमसँग टेलिफोनमा कुराकानी गर्दै एमाले मेचीनगर ईञ्चार्ज समेत रहनु भएका नेता राईले यसैका कारण अहिले मेचीनगरमा पार्टी परित्यागकाे श्रृखला शुरू भएकाे दाबी गर्नुभयाे । “प्रदेशसभा सदस्य गाेपालचन्द्र बुढाथोकीकाे समयअवधि अझै करीव दस महिना छ” नेता राईले भन्नुभयाे-” नगरमा नगरप्रमुख हुने अन्य काेहि नेता कार्यकर्ता नभए झै नेतृत्वले उहाँलाई अघि सार्याे । ” उहाँ नै प्रदेशसभा सदस्य, मेचीनगर नगरप्रमुख अनि अन्य नेता कार्यकर्ताकाे पार्टीमा याेगदान छैन् ? उहाँकाे प्रश्न छ । घुमाउराे पाराले नेकपा एमाले झापाका सहईञ्चार्ज एवम् संविधानसभा सदस्य रविन काेईराला, नेता विष्णुप्रसाद प्रसाईं र १ नम्वर प्रदेश सभा सदस्य गाेपालचन्द्र बुढाथोकीको अपवित्र गठबन्धनले मेचीनगरमा एमाले सकिने भन्दै चिन्ता व्यक्त गर्नुभयाे ।
आफुले आफ्नाे सबै लगानी मिहनत, परिश्रम पार्टीमै खर्च गरे पनि पार्टीका शीर्षस्थ नेताले समयमै उचित मुल्यांकन नगरेर आफुलाई अन्याय गरेकाे उहाँकाे गुनासाे छ । पार्टी नेतृत्वले गरेकाे गुटबन्दीका कारण नगरमा एमाले संकटमा परेकाे भन्दै समयमै नेतृत्वले गल्ती सच्याउनु पर्ने उहाँकाे आग्रह छ । ” नेकपा एमाले झापाका सचिवालय सदस्य निर्वाचन क्षेत्र नम्वर १ का एमाले क्षेत्रीय संयाेजक डिल्लीराम घिमिरेले पार्टी परित्याग गर्नु यसैकाे कारण हाे ” नेता राईले भन्नुभयाे -” उहाँलाई यसाे गर्न बाँध्य पारियाे, पार्टीका पुराना, निष्ठावान अरू थुप्रै नेता कार्यकर्तालाई पार्टी छाड्न बाँध्य पारिदैछ । हेर्नुहाेला नगरमा पार्टीलाई कति ठुलाे क्षति हुन्छ ।” पार्टीभित्रकाे गुटगत स्वार्थ र एउटैलाई मात्र पद थुपार्ने श्रृखलाकाे अन्त्यका लागि आफू लागि पर्ने उहाँकाे भनाई छ । नेता राईले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा मेचीनगर नगरपालिका प्रमुखमा ईच्छा व्यक्त गर्दै पार्टीकाे आन्तरिक चुनावमा सहभागी भए पनि मतभार कम भएका कारण तीनजनाभित्र पर्नु भएन् । पार्टीमा कामकाे मुल्यांकन, क्रियाशीलता नहेरेकै कारण धेरै नेता कार्यकर्तामा निराशा उत्पन्न भएकाे उहाँकाे भनाई छ ।