निलम्बन खारेजीको माग गर्दै गभर्नर सर्वोच्चमा

A notice in Nepali from Mechinagar Ward No. 10

३ वैशाख, काठमाडौँ : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरुद्ध अदालत पुगेका छन्।

गत चैत २५ गते सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि झण्डै १० दिनपछि अधिकारीका तर्फबाट वकिलहरू रिट निवेदन दर्ताका लागि सर्वोच्च पुगेका हुन्। अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गरेका छन्।

अहिले रिट हेरफेर गरी दर्ता गर्ने प्रक्रियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.