दुई सेलिब्रेटीको बिहे मंसिर २२ गते हुँदै

काँकरभिट्टा , २१ मङ्सिर । नेपाल चलचित्रकी अभिनेत्री श्वेता खड्का धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह बन्धनमा बाधिँदै छिन् । त्यसैगरी ’पब्लिक स्पिकर’झापाका रमेश प्रसाई र ताप्लेजुङ निवासी नन्दा सिंहसँग विवाह बन्धनमा बाँधिन लागेका छन् । उनीहरू दुवै दृष्टिविहिन हुन् । खड्का र प्रसाई एकैदिन मङ्सिर २२ गते लगनगाँठोमा बाँधिदैछन् ।

श्वेता खड्का र विजयन्द्र सिहं रावतसँग केही समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दैछन् ।

रमेश प्रसाईले केहिसमय अघि सामाजिक सञ्जालमा लेखेका छन्, ’मंसिर १७ गते रमेश प्रसाईंको र मंसिर २२ गते जीवन विष्टको बिहे हुने भनिएको थियो। तर हाम्रो १४ वर्ष लामो हाम्रो मित्रताको उपज हामीले एउटै कार्ड छापी, एउटै मन्डपबाट मंसिर २२ गते विवाह गर्ने सहमति भएको जानकारी गराउँछौं।’

रमेश र नन्दा केही समयदेखि प्रेममा परेर बिहे गर्न लागेका हुन्। रमेशका साथी जीवनले भने जुनु तामाङसँग विवाह हुन लागेको हो । उनीहरू पनि लामो समयको प्रेमपछि बिहे गर्दैछन् । सशक्त र स्पष्ट बोल्ने क्षमताका रमेश दोहोरी गायनमा पनि उत्तिकै पोख्त छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.