१२ वैशाख, मेचीनगर : नेपाली कांग्रेस मेचीनगरमा दुईजना व्यक्तिलाई मेयर पदका लागि उम्मेद्वार घोषणा गरिएको छ ।
पार्टीको प्रदेश समितिले नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष केशवराज पाण्डेलाई उम्मेद्वार घोषणा गरे लगत्तै केन्द्रीय पार्टी कार्यालयबाट इन्द्रकुमार बुढाथोकीलाई उम्मेद्वार बनाउने पत्र आएको छ । पाण्डे र बुडाथोकी दुबैको टिकटमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको छ ।
हेर्नुहोस् पत्र :


निर्वाचन कार्यालय मेचीनगरलाई लेखिएको पत्रमा मेचीनगर नगरपालिकाको प्रथम पदमा इन्द्रबहादुर बुढाथोकीलाई नेपाली कांग्रेसको तर्फबाट पार्टीको आधिकारिक उम्मेद्वार भएको व्यहोरा प्रमाणित गरिएको जनाएको छ । उम्मेद्वारीको विषयलाई लिएर मनोनयन स्थलमा पाण्डे र बुडाथोकी बीच केहीबेर भनाभन समेत भएको थियो ।

























