मोरङमा अज्ञात समूहद्वारा गोली हानी शिक्षकको हत्या

विराटनगर । अज्ञात समूह मोरङमा शिक्षकलाई अपहरण गरेर गोली हानी हत्या गरेको छ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक सनतोष खड्काले बताए।

चार पाँच जनाको संख्यामा आएको समुहले शिक्षकलाई घरबाट देखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरिएको हो । प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको जनाएको छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको जनाइएको छ ।

शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको बताइएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.