जनताका लागि काम भएन : अध्यक्ष ओली

A notice in Nepali from Mechinagar Ward No. 10

२३ वैशाख, गौर :  नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले जनताको लागि विकास नगरेको आरोप लगाउनुभएको छ। रौतहटको गौर राईस मिलको मैदानमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनुभएको हो।

अध्यक्ष ओलीले यो सरकारबाट देशको विकास तथा जनताको समस्या सामाधान नहुने दाबीसमेत गर्नुभयो। गठबन्धनको सरकारले नेकपा एमालेको खुट्टा तान्नेबाहेक अरु काम नगरेको उहाँको आरोप छ।

आफ्नो पार्टीको सरकार आए गौरको हरेक क्षेत्रको विकास हुने दाबी ओलीले गर्नुभएको छ। जिल्ला अध्यक्ष त्रिभुवन साहको सभापतित्वमा सम्पन्न सभामा स्थायी समिति सदस्य प्रभु साह, गौर नगरपालिकाका मेयर उम्मेदवार अनिलकुमार मिश्रले सम्बोधन गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.