प्रचण्डकी बुहारीद्वारा मौन अवधि उल्लंघन गर्दै प्रचारप्रसारमा

A notice in Nepali from Mechinagar Ward No. 10

धनगढी : नेकपा माओवादी केन्द्रकातर्फबाट संघीय सांसद तथा पार्टी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरले मौन अवधिको अवज्ञा गर्दै मत मागेकी छिन्। उनी बुधबार दिउँसो कञ्चनपुरको लालझाडी गाउँपालिकामा चुनाव प्रचारमा पुगेकी हुन्।

गाउँको डोरीले बनाएको खटियामा बसेर ४०/५० जना मतदाताहरु भेला पारेर मत मागिरहेको उनको तस्बिर सार्वजनिक भएको छ। निर्वाचन आयोगले गएराति १२ बजेदेखि तोकेको मौन अवधी तोकेको थियो। मौन अवधीमा सभा, भेला, र्याली गर्न पाईदैन। उम्मेदवारले चुनाव चिन्ह राखेको झण्डासमेत गाडीमा राख्न पाउँदैन।

बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनी माओवादी पार्टीको चुनाव चिह्न अंकित झण्डासहित गाउँमा घुम्दै भोट मागिरहेकी छन्। मगर गृहनगर पुनर्वासबाट चुनावी प्रचारका लागि दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेको स्थानीयले बताएका छन्।

उनी कञ्चनपुरको बेलौरी नरपालिकाकी बासिन्दा हुन्। लालझाडी गाउँपालिका भित्रपर्ने भएकाले उनले चुनाव प्रचार प्रसारका लागि लालझाडी रोजेको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.